Logo
गैर आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषद्

香 港 尼 泊 爾 僑 民 協 會 全 國 協 調 委 員 會

Non-Resident Nepalese Association Hong Kong NCC

ट्रान्जिट भिषा फुकुवासंगै नेपाल वायुसेवा “बाई बाई” हुने त होईन

चीन विश्वमा आफ्नो साम्राज्य फैलाउँदै विश्वको नं १ बन्ने दौडमा चीन लगातार अघि बढि रहेको छ । नेपाल र नेपालीको लागि पनि छिमेकीको हिसाबले सुखद नै हो । हङकङमा एउटा एयरलाईन्स छ हङकङ एयरलाईन्स जस्को सुरुवात सिआर एयरवेजबाट भएको र पछि हङकङ एयरलाईन्स नाम अपनाइएको कुरा परिचित छ। यस एयरलाइन्सको मुख्य लगानीकर्ता लिओनिङ गाण्डा ग्रुप जस्तो चिनियाँ कम्पनी रहेको र यसको केन्द्र बेजिङमा रहेको बताइन्छ। पछिल्ला वर्षहरूमा यो एयरलाइन्स बेल्ट एण्ड रोड परियोजनासँग समन्वय गरी अन्तर्राष्ट्रिय रुट विस्तारमा सक्रिय देखिएको छ। काठमाण्डौमा उडान थप्ने योजना यस रणनीतिक विस्तारको भाग हुनसक्छ र हङकङलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हब बनाउने प्रयाससँग जोडिएको हुनसक्छ।


यस एयरलाईन्सले छिट्टै काठमाण्डौं उडान भर्ने जानकारीमा आएको छ । यस अवश्थामा क्याथेले मात्रै पाएको ट्रान्जिट भिषा तोड्न हाल नेपाल वायुसेवालाई सो प्रतिबन्ध फुकुवा गरिएको भन्ने यस सम्बन्धि जानकार राख्ने स्रोतको भनाई छ । हङकङमा रहेको क्याथे एयरलाईन्सको मुख्य लगानीकर्ता गैरचिनिया हुनु र हङकङ एयरलाईन्स पूर्णरुपमा चिनिया लगानी भएकोले पनि काठमाण्डौंबाट हङकङ ट्रान्जित पर्ने यात्रुहरूलाई भिषामा खुकुलो गर्नु एक प्रकारको रणनिति नै हो ।


अध्यागमन विभाग का एक प्रवक्ताले यस भिषा बारे भनेका छन्, "नेपाल बेल्ट एण्ड रोडको छेउमा छ। बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत, यो भिसा-मुक्त ट्रान्जिट व्यवस्थाले नेपालबाट आउने आगन्तुकहरूलाई यात्रा सुविधा ल्याउनेछ र हङकङको अन्तर्राष्ट्रिय उड्डयन केन्द्रको रूपमा स्थिति बढाउनेछ।"

हङकङको ट्रान्जिट भिषा नीतिमा सहजता र हङकङ एयरलाईन्स जस्ता एयरलाइन्सको काठमाण्डौ रुटले नेपालका लागि दुवै; अवसर र चुनौती ल्याउन सक्छ। तत्काल यात्रु सुविधामा सुधार देखिए पनि दीर्घकालीन आर्थिक र रणनीतिक प्रभावलाई नजरअन्दाज गर्नु हुँदैन। सरकार, नियामक निकाय र घरेलु एयरलाइन्सले मिलेर स्पष्ट रणनीति बनाउनु, साझेदारीको अवसर खोज्नु र प्रतिस्पर्धालाई अवसरमा परिणत गर्नु नै दिर्घकालीन हितमा हुनेछ।

Share this post