१५ नोवम्बर २०२५ हङकङ ।
१५ नोवम्बरबाट वेष्ट काउलूनका लागि फोर्ट्यून फेरि सर्भिसले सेन्ट्रल फेरि पीयर नं ९ बाट फेरी सेवा सञ्चालन गर्ने भएको छ । घर पालुवा जनावर देखि साईकल समेत लैजान सकिने उक्त फेरिको भाडा दर एक तर्फीको वयस्कलाई हङकङ डलर २० र बिधार्थी, जेष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई हङकङ डलर १० कायम गरिएको छ । महिनावरी पासका लागि हङकङ डलर ५६० तोकिएको छ । 
फेरि बिहान ८ बजे देखि रातको १० बजेसम्म र बिदाका दिनहरूमा रातको ११ बजेसम्म चल्ने बताईएको छ । सेन्ट्रल देखि वेष्टकाउलूनको दूरी करिब ८ मिनेटमा सम्पन्न हुनेछ । यस फेरीले बिशेष गरेर हङकङ आईलैण्डमा बसेकाहरूलाई वेष्ट काउलूनमा हुने कार्यक्रमहरूमा जान र बिशेष गरेर एलिमेन्ट एरियामा बस्नेहरुलाई हङकङ आईलैण्ड जान आउन पनि यस फेरिले सहज बनाएको छ ।