Logo
गैर आवासीय नेपाली संघ हङकङ लिमिटेड

香 港 非 居 住 尼 泊 爾 人 協 會 有 限 公 司

Non-Resident Nepalese Association Hong Kong Limited

गैर–आवासीय नेपाली नागरिकहरूले नेपालमै बैंक खाता खोल्न तथा सञ्चालन गर्न सक्ने

१७ जूलाई २०२६ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मिति १६ जूलाई २०२६का दिन जारी गरेको आधिकारिक पत्रले अब गैर–आवासीय नेपाली (NRN) नागरिकहरूले नेपालमै बैंक खाता खोल्न तथा सञ्चालन गर्न सक्ने व्यवस्था औपचारिक रूपमा स्पष्ट पारेको छ। यस ऐतिहासिक कदमप्रति गैर-आवासीय नेपाली संघ हङकङ लिमिटेडले नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ।


नेपाल सरकार, परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पठाएको आधिकारिक पत्रमार्फत गैर–आवासीय नेपाली नागरिकहरूको बैंक खाता सञ्चालन तथा KYC प्रक्रियामा देखिएको अस्पष्टता अन्त्य गर्दै स्पष्ट मार्गनिर्देशन जारी गरेको छ। पत्रमा उल्लेख अनुसार, NRN नागरिकता वा NRN कार्डलाई नै KYC को आधार मानेर नेपालका बैंक तथा वित्तीय संस्थाहरूले खाता खोल्न र सञ्चालन गर्न सक्ने व्यवस्था सुनिश्चित गरिएको छ।

सरकारको यो निर्णयले विदेशमा बसोबास गर्ने लाखौँ नेपालीहरूलाई नेपालसँग वित्तीय रूपमा जोडिन सहज बनाउने, लगानी तथा आर्थिक गतिविधिमा सहभागी हुन प्रेरित गर्ने, र दीर्घकालीन रूपमा देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस महत्वपूर्ण निर्णयप्रति गैर-आवासीय नेपाली संघ हङकङ लिमिटेडले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्दै गैर–आवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न तथा नेपालसँग वित्तीय पहुँच सहज बनाउन नेपाल सरकारले चालेको यो कदम ऐतिहासिक छ। हामी परराष्ट्र मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग तथा यस प्रक्रियामा संलग्न सबै निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।” प्रतिक्रिया दिएको छ ।

गैर-आवासीय नेपाली संघ हङकङ लिमिटेडले यस निर्णयले विश्वभर रहेका NRN समुदायलाई नेपालमा बैंकिङ पहुँच विस्तार गर्न, वैदेशिक लगानी प्रवाह बढाउन, तथा आर्थिक सहभागिता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

गैर-आवासीय नेपाली संघ हङकङ लिमिटेडले यस कदमको प्रभावहरू निम्नरुपमा उल्लेखनीय रहनेछन् भनेको छः

  • NRN नागरिकता/NRN कार्ड प्रयोग गरेर बैंक खाता खोल्न सकिने
  • KYC प्रक्रियामा देखिएको अस्पष्टता हट्ने
  • वैदेशिक लगानी तथा आर्थिक गतिविधि सहज हुने
  • NRN समुदाय र नेपालबीच वित्तीय सम्बन्ध अझ मजबुत हुने
Share this post