Logo
गैर आवासीय नेपाली संघ हङकङ लिमिटेड (राष्ट्रिय समन्वय परिषद्)

香 港 非 居 住 尼 泊 爾 人 協 會 有 限 公 司

Non-Resident Nepalese Association Hong Kong Limited (National Coordination Committee)

माननीय स्वास्थ्य मन्त्री निशा मेहतालाई अनुरोध पत्र

नेपाल मेडिकल काउन्सिलद्वारा बैशाख ११, २०८३ देखि विदेशी नागरिकता लिएका नेपाली चिकित्सकहरूको दर्ता खारेजीको निर्णयले विश्वभरका गैर-आवासीय नेपालीहरूमा गम्भीर अन्याय र निराशा पैदा गरेको छ।

यही विषयमा गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ लिमिटेडले आज एक महत्वपूर्ण कदम चालेको छ।


NRNA NCC Hong Kong की अध्यक्ष श्रीमती जयन्ती गुरुङले रास्वपा प्रवास विभाग हङकङका सभापति श्री झम बहादुर गुरुङज्यूलाई आफ्नै कार्यकक्षमा भेटेर स्वास्थ्य मन्त्रीसमक्ष पठाइने औपचारिक अनुरोधपत्र हस्तान्तरण गर्नुभयो।

उक्त पत्रमाः

दर्ता खारेजीको निर्णयले विदेशमा कार्यरत दक्ष नेपाली चिकित्सकहरूको योगदान रोकिएको,
नेपाल फर्केर सेवा गर्न चाहने योग्य जनशक्ति निरुत्साहित भएको,
र विश्वभरका नेपाली चिकित्सक समुदायमा मनोवैज्ञानिक तथा संस्थागत असर परेको जस्ता गम्भीर विषयहरू उल्लेख गरिएको छ।

NRNA NCC Hong Kong ले नेपाल सरकारसँग;

  1. दर्ता खारेजीको निर्णय पुनः गम्भीर पुनरावलोकन गर्न,
  2. विदेशी नागरिकता प्राप्त नेपाली चिकित्सकहरूले राष्ट्रहितमा योगदान दिन सक्ने वैकल्पिक कानुनी/नीतिगत व्यवस्था खोज्न,
  3. र विश्वभरका नेपालीहरूको सामूहिक भावना सम्मान गर्दै उक्त निर्णय खारेज गर्न

औपचारिक अनुरोध गरेको छ।

विदेशमा बसे पनि नेपालप्रतिको भावना कहिल्यै मर्दैन। योग्य नेपाली चिकित्सकहरूको ज्ञान, सीप र सेवा राष्ट्रकै सम्पत्ति हो।

NRNA NCC Hong Kong ले सधैं जस्तै, “नेपालीका लागि नेपाली” को भावनासहित
नेपाल र नेपाली समुदायको हितका लागि आवाज उठाइरहनेछ।

Share this post