गैर आवासीय नेपाली संघ (NRNA) हङकङ राष्ट्रिय समन्वय परिषद् (NCC) ले नेपाल वायुसेवाका क्याप्टेन श्री उद्धव घिमिरे, श्री ग्रीष्म श्रेष्ठ तथा हङकङस्थित नेपाल वायुसेवाका फाइनान्स मेनेजर नरेश यादवसँग विशेष छलफल सम्पन्न गरेको छ।

संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल एयरलाइन्सको हङकङ उडानको नियमितता, सेवा स्तर सुधार तथा यात्रुहरूको सुविधा सम्बन्धी विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।

कार्यक्रमका अवसरमा संघका अध्यक्ष जयन्ती गुरुङ तथा सल्लाहकार कोमल गुरुङले क्याप्टेनद्वयलाई सम्मानस्वरूप खादा र संघको ब्याज प्रदान गर्दै स्वागत गरेका थिए। उपस्थित सदस्यहरूले नेपाल एयरलाइन्सको हङकङ उडानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
The Non-Resident Nepali Association (NRNA) Hong Kong National Coordination Council (NCC) held a special discussion with Nepal Airlines’ Captains Mr. Uddhav Ghimire and Mr. Grishma Shrestha, along with the airline’s Hong Kong-based Finance Manager Mr. Naresh Yadav.
The meeting, conducted at the NRNA office, focused on the regularity of Nepal Airlines’ Hong Kong flights and the quality of services provided to passengers.
On the occasion, NRNA Hong Kong President Ms. Jayanti Gurung and Advisor Mr. Komal Gurung welcomed and honored the captains by offering ceremonial scarves and presenting the association’s badge.
Members present expressed their commitment to support Nepal Airlines in making its Hong Kong operations more efficient and passenger-friendly.