गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको सातौँ बैठक मिति २०८२ साल माघ २ गते (तदनुसार १६ जनवरी २०२६), शुक्रबार सम्पन्न भएको छ। महासचिव गौरीराज जोशीद्वारा सञ्चालित यस बैठकमा देहायबमोजिमका महत्वपूर्ण छलफल र निर्णयहरू गरिएका छन् ।
मुख्य एजेन्डा: १२ औँ महाधिवेशनको मिति परिवर्तन सम्बन्धमा
निर्णय: यस बैठकमा १२ औँ महाधिवेशनको मिति परिवर्तन सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ: यसअघि फेब्रुअरी २३ देखि २५ सम्मका लागि तय गरिएको १२ औँ महाधिवेशनको मिति पुनःनिर्धारण गर्दै बैठकले महाधिवेशनका लागि आगामी मार्च १४-१६, २०२६ लाई नयाँ तथा अन्तिम मितिका रूपमा तय गर्ने।
मुख्य एजेन्डा: नयाँ सदस्यता आवेदन अवधि विस्तार, सदस्यता मर्ज तथा भेरिफिकेसन सम्बन्धमा
निर्णय: यस बैठकमा नयाँ सदस्यता आवेदन अवधि विस्तार, सदस्यता मर्ज तथा भेरिफिकेसन सम्बन्धमा छलफल गरी निम्नानुसार निर्णय गरिएको छ:
निर्णय: यस बैठकमा १२ औँ महाधिवेशनको स्थल तथा ईभेन्ट म्यानेजमेन्ट छनोट सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ:
१२ औँ महाधिवेशनको
तयारीका लागि टेन्डर प्रक्रिया पूरा गरी छनोट भएका होटल तथा इभेन्ट म्यानेजमेन्ट
कम्पनीहरूलाई नै आगामी मार्च १४,१५ र १६, २०२६ मा सम्पन्न हुने
महाधिवेशनका लागि छनोट गर्ने। तदनुसार, काठमाडौंस्थित होटल
सोल्टीमा १२ औँ बृहत् महाधिवेशन आयोजना गर्ने तथा सोही महाधिवेशनको इभेन्ट
म्यानेजमेन्टका लागि भोग एड एण्ड इभेन्ट म्यानेजमेन्ट (Vogue Ad & Event Management) कम्पनी छनोट गरी, उक्त होटल तथा
कम्पनीहरूसँग संघको सचिवालयमार्फत आवश्यक सम्झौता प्रक्रिया अगाडि बढाउने।
मुख्य एजेन्डा: अन्य
निर्णय: समानान्तर एनसीसीहरूसँग स्टेरिङ कमिटीको बैठक आयोजना गरी १२ औँ महाधिवेशनमा सहभागिता तथा एनसीसीहरूको एकताको लागि सहज वातावरण निर्माण गर्ने निर्णय गरिएको छ।
निर्वाचन प्रक्रियाको विषयमा दुवै तर्फको कानूनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरी अगाडि बढ्ने।